Skip

Hamro Sanchar

सुदूरपश्चिमलाई स्तब्ध पार्दै लुम्बिनी फाइनलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

काठमाडौं । निरोसन डिकवेलाको अविजित अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो।

डिकवेलाले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए। कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ र इशान पाण्डेले २७ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए।

जितसँगै लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुगेको छ। उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको लुम्बिनीले अब उपाधिका लागि खेल्नेछ। पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशको अर्को अवसर पाउनेछ।

उसले एलिमिनेटर विजेता काठमाडौं गोर्खाज वा चितवन राइनोजसँग दोस्रो क्वालिफायर खेल्नेछ।


प्रतिकृया दिनुहोस्