२ मंसिर, काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकसँग जोडिएको ठगी तथा संगठित अपराधको कसुरमा २ जनापूर्वश्रममन्त्री सहित ६ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर, तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव, श्रम मन्त्रालयका पूर्वसचिव विनोद केसी, तत्कालीन सहसचिवहरू उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ६ करोड ३७ लाख ४ हजार ३९ अमेरिकी डलर र ३ करोड ७१ लाख ७१ हजार ८०० पाउन्ड गरी नेपाली रुपैयाँ १ अर्ब ६६ करोड २ लाखभन्दा बढी रकम विदेश पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप छ।
उक्त कार्यबाट नेपाली श्रमिकहरू ठगीमा परेको र देशको अर्थतन्त्रमा समेत प्रतिकूल असर परेको सीआईबीको भनाइ छ।
यस प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर बुधबार उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।


























