Skip

Hamro Sanchar

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्री बालेनसँगै भारत नजाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, २ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को आगामी मंसिर ६ गतेदेखि हुने भारत भ्रमणमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सहभागी नहुने भएका छन्।

यसअघि मन्त्री श्रेष्ठ पनि प्रधानमन्त्रीसँगै भारत जाने कार्यक्रम रहेको बताइएको थियो।

भारतीय राजदूत सुधाकर दलेलासँगको शिष्टाचार भेटपछि मन्त्रीको सचिवालयले भ्रमणमा सहभागी हुने जानकारीसमेत सार्वजनिक गरेको थियो।

तर, आन्तरिक कारण देखाउँदै मन्त्री श्रेष्ठ भारत भ्रमणमा नजाने भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।


प्रतिकृया दिनुहोस्