Skip

Hamro Sanchar

कार्कीको रिटमा सर्वोच्चको आदेश, सरकारको निर्णय यथावत्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, २ गते


Advertisement

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय तत्काल रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको रिटमाथि सुनुवाइ गर्दै सरकारसँग लिखित जवाफ माग्ने र छलफलका लागि बोलाउने आदेश दिएको हो।

कार्कीले आफूलाई सुनुवाइको मौका नै नदिई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गरी पुनः आईजीपीमा बहालीको माग गरेका छन्।

सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो भने एआईजी डा। मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाएको थियो।

अब अन्तरिम आदेश दिने वा नदिने निर्णय संयुक्त इजलासबाट हुनेछ।


प्रतिकृया दिनुहोस्