काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै नेपालमा रसुवा–भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
त्यस अवसरमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी र भ्रमणका क्रममा उठाइने विषयबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटलाई ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए।
भ्रमणका एजेन्डा तय भइसकेको उल्लेख गर्दै उनले भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तीव्र तयारी गरिरहेको जानकारी दिए।

























