Skip

Hamro Sanchar

सुमना श्रेष्ठले गरिन् काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, २ गते


Advertisement

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

उनले आज सामाजिक सञ्जालमार्फत आगामी स्थानीय तह निर्वाचनमा मेयरमा प्रतिस्पर्धा गर्ने जानकारी दिएकी हुन्।

आफूले जीवन र कर्मबाट हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणमा लगाउने प्रतिबद्धता जनाउँदै उनले उम्मेदवारी घोषणा गरेकी हुन्।

श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।


प्रतिकृया दिनुहोस्