Skip

Hamro Sanchar

ओलीको दाबी : एमाले फेरि सरकारमा फर्किन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, २ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले जनताको समर्थनबाट फेरि सिंहदरबार पुग्ने बताए।

‘फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ। देश बनाउँछ नेकपा एमालेले,’ उनले भने।

उनले एमाले कसैको दया र कृपाले नभई जनताको समर्थनबाट सरकारमा पुगेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई अझ दृढताका साथ अघि बढाउने बताए।

सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति कटाक्ष गर्दै ओलीले केही समय फेसबुकमा लेख्दै गर्न र एमाले फेरि सरकारमा फर्किने दाबी गरे।


प्रतिकृया दिनुहोस्