Skip

Hamro Sanchar

२ पूर्वमन्त्रीसहित ६ जना चार दिन हिरासतमा रहने, अदालतले दियो यस्तो आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ३ गते


Advertisement

काठमाडौं । वैदेशिक रोजगारीका नाममा मलेसिया पठाउने भन्दै गैरकानुनी रूपमा रकम संकलन गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतले आज तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित पक्राउ परेका सबैलाई अनुसन्धानका लागि चार दिन म्याद थप गरेको हो।

पक्राउ पर्ने अन्यमा तत्कालीन श्रम मन्त्रालयका सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका पूर्वप्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीहरूमाथि नेपाल र मलेसियाबीचको श्रम सम्झौताविपरीत गैरकानुनी रूपमा रकम उठाएर अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाएको आरोप छ।

पद तथा अधिकारको दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्‍याएको र विदेशी मुद्रा अपचलन गराएको आरोपमा प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिकृया दिनुहोस्