काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार ७.३८ अंकले घट्दै २६२१.२९ विन्दुमा झरेको छ।
बजारमा ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ।
आज ८९ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको र ९ कम्पनीको मूल्य स्थिर रह्यो। सेयर मूल्यमा अधिकतम ५.१५ प्रतिशत वृद्धि र ८.५० प्रतिशत गिरावट देखियो।
ग्लोबल आईएमई बैंकको सर्वाधिक २० करोड रुपैयाँको कारोबार हुँदा अन्य कम्पनीको कारोबार १४ करोडसम्म सीमित रह्यो।
समूहगत रूपमा वाणिज्य बैंक र सामूहिक लगानी कोष मात्रै बढे भने बाँकी सबै समूह ओरालो लागे।























