४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बस्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक मंसिर ८ गते दिउँसो १ बजे ललितपुरस्थित पार्टी कार्यालयमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको छ। तर, बैठकमा छलफल हुने एजेन्डाबारे भने कांग्रेसले खुलाएको छैन।
अर्को बैठकलाई लिएर कांग्रेसभित्र के विषय उठ्ने हो भन्ने चासो बढेको छ।

























