Skip

Hamro Sanchar

साउदीको राजधानीमा हुथीको हमला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ४ गते


Advertisement

४ मंसिर, काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित एउटा भवनमा बिहीबार विद्रोही समूह हुथीले हमला गरेको छ।

बीबीसी अरबीका अनुसार, उक्त भवन किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा छ। आक्रमणमा कुनै पनि घाइते भएको रिपोर्ट गरिएको छैन।

साउदी अरबको नागरिक रक्षा विभागले यसको पुष्टि गरेको छ। सरकारी समाचार एजेन्सीका अनुसार आक्रमणले भवनका धेरै तला र वरपरका भवनमा समेत क्षति भएको छ।

एजेन्सीले साउदी अरबको सार्वजनिक लगानी कोष ९पीआईएफ० भवनको तस्बिर जारी गरेको छ। यद्यपि एजेन्सीले हमला गरिएको भवनको नाम भने लिएको छैन।

समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै भवनको सिसाका झ्याल फुटेको र धेरै तलामा रहेका कार्यालयमा पनि क्षति भएको उल्लेख गरेका गरेका छन्।

रोयटर्सले तीन स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘हुथीहरूले प्रहार गरेको मिसाइल भवनमा ठोकिएको थियो, जसले गर्दा सातदेखि आठ तलाका झ्याल फुटेका छन्


प्रतिकृया दिनुहोस्