काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन ठूलो गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँ थियो।
एकैदिन सुनको मूल्यमा आएको यो भारी गिरावटसँगै बजारमा सुन खरिद गर्नेहरूलाई केही राहत मिलेको छ।























