काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७।२ प्रतिशतले बढी हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स आएको छ।
गत वर्षको असोजमा यस्तो रकम २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा गणना गर्दा तीन महिनाको रेमिट्यान्स आप्रवाह १६।७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर पुगेको छ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ पुगेको छ।
त्यस्तै, तीन महिनामा खुद द्वितीय आय ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।






















