५ मंसिर, काठमाडौं । भारतको मणिपुरस्थित चन्देल जिल्लामा विषाक्त रक्सी सेवन गर्दा ११ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी बिरामी परेका छन्।
बिरामीहरूको इम्फालका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि मुख्यमन्त्री युमनम खेमचन्द सिंहले अस्पताल पुगेर बिरामीको अवस्था बुझेका छन्।
उनले दोषीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन्।

























