Skip

Hamro Sanchar

३२ सहसचिवको जिम्मेवारी फेरियो, को कहाँ पुगे ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ४ गते


Advertisement

४ मंसिर, काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले विभिन्न मन्त्रालय, प्रदेश, आयोग तथा स्थानीय तहमा कार्यरत ३२ सहसचिवको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ।

मन्त्रिपरिषद्को आजको निर्णयअनुसार गृह, अर्थलगायत विभिन्न निकायमा नयाँ जिम्मेवारी तोकिएको हो।

सरुवासँगै वीरगञ्ज महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत फेरिएका छन्।

निर्णयअनुसार अर्थ मन्त्रालयका निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ भने रविलाल शर्मालाई हेटौँडा उपमहानगरपालिकामा खटाइएको छ।

यसअघि वीरगञ्जमा कार्यरत बसन्त बहादुर बोहरा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयमा तानिएका छन्।
त्यस्तै, गृह, अर्थ, सञ्चार, सामान्य प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग तथा विभिन्न प्रदेश र सरकारी निकायमा समेत सहसचिवहरूको जिम्मेवारी फेरिएको छ।

 

 

 


प्रतिकृया दिनुहोस्