Skip

Hamro Sanchar

कर्मचारीलाई गृहमन्त्रीको कडा चेतावनी : नेताको चाकडी होइन, देश र जनताको सेवा गर !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ५ गते


Advertisement

५ मंसिर, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने काम बन्द गर्न चेतावनी दिएका छन्।

सरकारमा आएदेखि नै कर्मचारीको मुख्य जिम्मेवारी देश र जनताको सेवा गर्नु भएको स्पष्ट पार्दै उनले नेता र कर्मचारी सबैको साझा उद्देश्य राष्ट्रप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने बताएका छन्।

पटकपटक सचेत गराउँदा पनि राजनीतिक गतिविधिमा संलग्न हुने, पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनले स्पष्ट पारेका छन्।

आफूहरूलाई नेताको चाकडी गर्ने होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य पूरा गर्ने र देशप्रति इमानदार राष्ट्रसेवक कर्मचारी चाहिएको उनको भनाइ छ।

यस विषयमा कुनै सम्झौता नहुने चेतावनीसमेत उनले सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन्।


प्रतिकृया दिनुहोस्