Skip

Hamro Sanchar

फिफासँग सहमति जुट्यो, नेपाली फुटबलले निलम्बनबाट मुक्ति पाउने संकेत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ५ गते


Advertisement

५ मंसिर, काठमाडौं । नेपाली फुटबलमाथिको फिफा प्रतिबन्ध हटाउने पहलले गति लिएको छ।

थाइल्यान्डमा फिफा र एएफसीका पदाधिकारीसँग छलफल गरेर फर्किएका खेलकुदमन्त्री सस्मित पोखरेलले निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्ने बताएका छन्।

एन्फाको निर्वाचन गराउने विषयमा पनि अन्तर्राष्ट्रिय फुटबल निकायहरू सहमत भएका छन्।

निर्वाचन कुन ढाँचामा र कहिले गर्ने भन्नेबारे फिफाले डिसेम्बरमा प्रस्तावित रोडम्याप पठाउने मन्त्रीले बताएका छन्।

पुरानै नेतृत्वबाट चुनाव गर्ने वा अन्तरिम समिति गठन गर्ने भन्ने विकल्पमा भने निर्णय भइसकेको छैन।

सरकारले नेपालको कानुनअनुसार काम गर्ने र फुटबल प्रशासनमा अनावश्यक हस्तक्षेप नगर्ने स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको मन्त्रीको दाबी छ।

उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।


प्रतिकृया दिनुहोस्