Skip

Hamro Sanchar

इरानको निशानामा बहराइनका अमेरिकी सैन्य राडार, दुईवटा ध्वस्त पारेको दाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

६ मंसिर, काठमाडौं । बहराइनमा तैनाथ अमेरिकी सैन्य संरचनामाथि इरानले आक्रमण गरेको दाबी गरेको छ।

इरानी रिभोलुसनरी गार्ड्सले अल–रिफा र अवलीस्थित सैन्य अखडामा रहेका प्याट्रियट प्रणालीका दुई राडारलाई मिसाइल तथा ड्रोनबाट प्रहार गरेको जनाएको छ ।

इरानले आफ्नो हवाई क्षेत्रमा अमेरिकी टोही ड्रोन प्रवेश गरेपछि उक्त कारबाही गरिएको बताएको छ।

एमक्यू–१ र एमक्यू–९ ड्रोनले हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाउँदै इरानले आगामी दिनमा पनि आफ्नो क्षेत्रमाथि हुने घुसपैठको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ


प्रतिकृया दिनुहोस्