Skip

Hamro Sanchar

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्तलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणमा गएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइने भएको छ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत भारत भ्रमणमा रहेपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन सिफारिस गरिएको हो।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक काम सञ्चालन गर्ने जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ।

उक्त सिफारिसअनुसार राष्ट्रपतिले श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नेछन्।

प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका हुन्।


प्रतिकृया दिनुहोस्