७ मंसिर, काठमाडौं । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार हाल एकतर्फी सञ्चालनमा रहेको बी ३४५ रुटलाई दुवैतर्फी बनाइने भएको हो।
यसका लागि आवश्यक प्राविधिक परामर्श गरिनेछ। सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर, नेपालले लामो समयदेखि माग गर्दै आएको महेन्द्रनगर हवाई रुटको विषय भने अझै टुंगिएको छैन।

























