७ मंसिर, काठमाडौं । भारतको २ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा नेपालका तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डे सहभागी छन्।
भारतीय पक्षबाट विदेशमन्त्री एस। जयशंकरसहित उच्च अधिकारीहरू उपस्थित छन्।
वार्ताअघि मोदीले प्रधानमन्त्री शाहलाई हैदराबाद हाउसमा स्वागत गरेका थिए।
त्यसपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुने र दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। मोदीले आयोजना गरेको दिवाभोजमा पनि शाह सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। यसअघि राष्ट्रपति भवनमा शाहलाई भारतीय सेनाले सम्मान गारत प्रदान गरेको थियो।

























