८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि उनकी पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा नेपाल–भारत मित्रतालाई लिएर छोटो स्टाटस लेखेकी छन्।
उनले फेसबुकमा ‘नेपाल–भारत मित्रता अमर रहोस्१’ भन्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धप्रति सकारात्मक भावना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारतको राजकीय भ्रमण पूरा गरी सोमबार साँझ स्वदेश फर्किएका छन्।
भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेका थिए।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा विभिन्न परियोजनाबारे छलफल र समझदारी भएका थिए।

























