काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको ‘अभियान हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका धारणा, सुझाव र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।
























