७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न नसक्दा कांग्रेस कमजोर बन्दै गएको बताएका छन्।
आइतबार भैरहवामा देउवा समूहको रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसलाई बाहिरी शक्तिले भन्दा आफ्नै नेताकार्यकर्ताले हराइरहेको टिप्पणी गरेका छन्।
नेताहरू पद र पैसाको पछि लाग्नुभन्दा राष्ट्र विकासमा केन्द्रित हुनुपर्ने उनको सुझाव थियो।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मेडिकल कलेज, विश्वविद्यालय, सडक तथा हवाई सेवाको विस्तार भएको स्मरण गर्दै उनले कांग्रेसको इतिहास र सिद्धान्त बलियो रहेको बताए।

























