७ मंसिर, काठमाडौं । नेपाल र भारतबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार सम्झौतामा हस्ताक्षर भएको
समझदारीअनुसार फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक क्षमता अभिवृद्धि, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा दुवै देशले सहकार्य गर्नेछन्।
सम्झौताअनुसार नेपाल प्रहरीलाई फरेन्सिक अनुसन्धान र तालिममा सहयोग गरिनेछ भने सरकारी अधिकारीको क्षमता विकासका लागि पनि भारतीय संस्थाले प्रशिक्षण दिनेछन्।
त्यस्तै, दक्षिण एसिया स्याटेलाइटको उपयोग, परम्परागत चिकित्सा पद्धतिको विकास, स्वास्थ्य सेवा सुधार तथा कृषि र पशुपालन क्षेत्रको विस्तारमा समेत सहकार्य हुनेछ।
यी समझदारीले नेपाल–भारतबीच सुरक्षा, प्रविधि, स्वास्थ्य र विकासका क्षेत्रमा सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

























