काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ
सर्वोच्च अदालतमा सोमबारका लागि तय भएको सुनुवाइ नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेपछि रोकिएको हो।
यसअघि प्रहरी प्रधान कार्यालयले केसी एआईजी रहेको भन्दै म्याद बुझ्न अस्वीकार गरेको थियो।
त्यसपछि सर्वोच्चले उनी आईजीपी रहेको व्यहोरा सच्याउँदै म्याद बुझाउने प्रक्रिया अघि बढाएको थियो। अर्को सुनुवाइको मिति भने सर्वोच्च अदालतले तोकेको छैन।

























