काठमाडौं । ताप्लेजुङमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ताप्लेजुङको ओलाङचुङगोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पविद् लोकविजय अधिकारीले भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड रहेको जानकारी दिएका छन्।
भूकम्पको धक्का काठमाडौंसम्म पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

























