Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेन–मोदीले उद्घाटन गरेको रेल जनकपुर आइपुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ८ गते


Advertisement

८ मंसिर, काठमाडौं । भारतको अयोध्या र नेपालको जनकपुरधाम जोड्ने ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा सञ्चालनमा आएको छ।

उद्घाटन भएको भोलिपल्टै  आज बिहान उक्त रेल जनकपुरधाम आइपुगेको हो।

सोमबार भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका थिए।

अयोध्याबाट सोमबार दिउँसो साढे १२ बजे छुटेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम पुगेको हो। रेलमा आएका यात्रुलाई नेपाली र भारतीय झन्डा फहराउँदै फूलमालासहित स्वागत गरिएको थियो।

रेल सेवा सुरु भएसँगै भारतको अयोध्या र नेपालको जनकपुरबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ।

यसले अयोध्या पुग्ने भक्तजनलाई जनकपुरधाम आएर माता सीताको दर्शन गर्नसमेत सहज बनाउने विश्वास लिइएको छ।


प्रतिकृया दिनुहोस्