Skip

Hamro Sanchar

दिल्लीमा बालेनलाई भारतको राजकीय सम्मान, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ७ गते


Advertisement

७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान प्रदान गरेको हो। राष्ट्रपति भवन परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई स्वागत गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने तथा हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता, विकास परियोजनाको उद्घाटन तथा विभिन्न समझदारी र सम्झौतापत्र आदानप्रदान गर्ने कार्यतालिका छ।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा समेत सहभागिता जनाउनेछन्। भ्रमणका औपचारिक कार्यक्रम सकेर उनी आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ।


प्रतिकृया दिनुहोस्