७ मंसिर, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न संकायका डिन तथा निर्देशनालयका निर्देशक पदका लागि आवेदन आह्वान गरेको छ।
विश्वविद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ७ वटा ग्र्याजुएट स्कुलमा डिन र अनुसन्धान निर्देशनालय तथा पाठ्यक्रम विकास निर्देशनालयमा निर्देशक गरी कुल ९ पदमा नियुक्तिका लागि आवेदन माग गरेको हो।
डिनका लागि कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा सामाजिक विज्ञान, कानुन, व्यवस्थापन र विज्ञान तथा प्रविधि विषयका ग्र्याजुएट स्कुलमा पद रिक्त रहेका छन्।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात, व्यक्तिगत विवरण र कार्ययोजनासहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र विश्वविद्यालयको इमेलमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

























