७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा करिब १०० मिनेट लामो भेटवार्ता भएको छ।
दुई देशका उच्च अधिकारी सहभागी वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोग विस्तारका विषयमा छलफल भएको हो।
वार्तामा भारतका विदेशमन्त्री एस। जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत अधिकारी सहभागी थिए। नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डे सहभागी थिए।
भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार भेटमा नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने, व्यापारका लागि काँडला र ओडिसाको पारादीप बन्दरगाहसम्म पहुँच दिने तथा अयोध्या–जनकपुर रेलसेवा सञ्चालन गर्ने विषय प्रमुख रूपमा उठेको बताइएको छ।
दुई देशबीच आर्थिक सहकार्य, व्यापारिक पहुँच र धार्मिक पर्यटनलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको समाचारमा उल्लेख छ।

























