काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
आज सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथी थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियाे।
सोही कार्यक्रममा उपरथीमा बढुवा भएका सहायक रथी मनोज थापा, सहायक रथीमा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र शितल बानियाँ तथा महासेनानीमा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाली सेनाका रथी, विभिन्न अधिकृत तथा पदोन्नति भएका अधिकारीका परिवारजनको उपस्थिति रहेको थियो।

























