Skip

Hamro Sanchar

दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै बालेनले भने : ‘देश उँभो लाउने टोली’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ८ गते


Advertisement

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना दुई मन्त्रीको प्रशंसा गर्दै उनीहरूलाई देश विकास गर्ने टोलीका रूपमा चित्रण गरेका छन्।

भारत भ्रमणका क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग खिचिएको संयुक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले यस्तो टिप्पणी गरेका हुन्।

आज तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निकै मेहनती मान्छेहरू।’

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा सहभागी भएका थिए। उक्त भ्रमणका क्रममा खिचिएको तस्बिरमार्फत शाहले आफ्ना दुवै मन्त्रीको खुलेर प्रशंसा गरेका हुन्।


प्रतिकृया दिनुहोस्