Skip

Hamro Sanchar

सुनचाँदीको भाउ आज पनि ओरालो, तोलामा २ हजार ८ सयले सस्तियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी छ। आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य २ लाख ४५ हजार ४ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिकृया दिनुहोस्