Skip

Hamro Sanchar

विमानस्थलमा तस्करीको नयाँ शैली, २ किलोबढी सुन सहित चिनियाँ महिला पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरभित्र र भित्री वस्त्रमा सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ परेका छन्।

हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत मंगलबार राति काठमाडौं आएका उनीहरूलाई प्रहरीले २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको हो।

विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार महिलाहरूले मलद्वार र भित्री वस्त्रमा लुकाएर उक्त पदार्थ ल्याएका थिए।

बरामद पदार्थ वास्तविक सुन हो वा होइन भन्ने यकिन गर्न परीक्षण भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत अघि बढाइएको छ।


प्रतिकृया दिनुहोस्