Skip

Hamro Sanchar

‘पच्चीस पच्चीस’को छायांकन सुरु, चर्चित कलाकारको जमघट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

काठमाडौं । चलचित्र ‘पच्चीस पच्चीस’को बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ।

सुव्रत आचार्यको निर्देशनमा बन्ने चलचित्रको छायांकन ४० दिनमा सक्ने लक्ष्य राखिएको छ।

चलचित्रमा अविषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ) सरोज खनाल, दीपाश्री निरौला र प्रमोद अग्रहरीलगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रको कथा सुव्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाको छ। छायांकन निर्देशन हरि हुमागाईंले सम्हाल्नेछन्।


प्रतिकृया दिनुहोस्