२७ कार्तिक, काठमाडौं ।बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको ८ दिनमै विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारू ग्रस कमाइ गर्दै बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ।
स्याकनिल्कका अनुसार फिल्मले भारतमा ५६४.६० करोड भारू नेट र विदेशमा ३५८.५० करोड भारू कमाएको छ।
आठौं दिन बिहीबार मात्रै भारतमा ५३.५० करोड भारू नेट आम्दानी गरेको फिल्म भारतीय फिल्मको हजार करोड क्लबमा प्रवेश गर्ने ११औँ फिल्म बनेको छ।

























