Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुबईमा फेरि गुञ्जिँदै नेपथ्य, असोज १८ मा विशेष कन्सर्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १४ गते


Advertisement

१४ असाेज, काठमाडौं । लोकप्रिय नेपाली ब्यान्ड नेपथ्य दशैंको अवसर पारेर दुबईमा प्रस्तुत हुने भएको छ।

ब्यान्डले आगामी अक्टोबर ४ ( असाेज १८)मा दुबईको इन्टरनेट सिटीस्थित ‘द एजेन्डा’ हलमा कन्सर्ट गर्नेछ।
यो नेपथ्यको दुबईमा चौथो सांगीतिक यात्रा हो।

यसअघि तीनवटा कार्यक्रम ‘अल नासेर लिजर ल्यान्ड’मा गरेको नेपथ्यले यसपटक थप सुविधासम्पन्न र व्यवस्थित कन्सर्टका लागि नयाँ स्थल रोजेको हो।

नेपाली दर्शकलाई लक्षित गर्दै कार्यक्रमलाई स्तरीय बनाउने तयारी गरिएको नेपालयले जनाएको छ। मुख्य गायक अमृत गुरुङले दुबईमा रहेका नेपाली दर्शकसँग पुनः प्रत्यक्ष भेटेर प्रस्तुति दिन आफूहरू उत्साहित रहेको बताएका छन्।

कन्सर्टमा अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।


प्रतिकृया दिनुहोस्