Skip

Hamro Sanchar

कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक रूपमा अद्यावधिक गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरिएको जानकारी दिएका हुन्।

असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनबाट थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो।

नयाँ कार्यसमिति अद्यावधिक गराउन महामन्त्री प्रदीप पौडेलले कात्तिक १६ गते आयोगमा निवेदन दिएका थिए।


प्रतिकृया दिनुहोस्