Skip
आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बूढीगण्डकी बाढीप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २५ गते


Advertisement

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित  सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चु्मनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

थापाले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

 

 


प्रतिकृया दिनुहोस्