Skip
आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बूढीगण्डकीमा भीषण बाढी, घर र गाउँ बगाएको हुनसक्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २५ गते


Advertisement

गोरखा । गोरखाको चुमनुब्री क्षेत्रमा बिहानै आएको बाढीले जनधनमा क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

स्यार खोलामा आएको बाढीले बूढीगण्डकी किनारका घर बगाएको र पाँचवटा गाउँमा क्षति पुगेको जानकारी प्राप्त भएको छ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार सुक्खा पहिरोले खोला थुनिएपछि एक्कासि पानीको बहाव बढेको हो।

बिहान करिब ३ बजेदेखि आएको बाढीले वडा नम्बर ६ मा नदी किनारका घर बगाएको उनले बताइन्। क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।

बाढीको जोखिम बढेपछि बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले बूढीगण्डकी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

नदी तटीय क्षेत्रका नागरिकलाई अग्लो ठाउँमा बस्न र सतर्क रहन उनको सुझाव छ। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पछिल्लो १२ घण्टामा वर्षा भएको देखिएको छैन।


प्रतिकृया दिनुहोस्