Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेमा १३ नयाँ केन्द्रीय सदस्य मनोनीत, मंसिरमा राष्ट्रिय भेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २४ गते


Advertisement

काठमाडौं । नेकपा एमालेले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ।

आज सम्पन्न तीनदिने स्थायी कमिटी बैठकले मनोनयनसँगै पार्टीका विभिन्न सांगठनिक गतिविधिबारे ७ वटा निर्णय गरेको हो।

बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। वडा कमिटीका अधिवेशन मंसिर २६ गते र गाउँपालिका तथा नगरपालिका कमिटीका अधिवेशन पुस ४ गते गर्ने मिति पनि तय गरिएको छ।

राष्ट्रिय भेलामा प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधि सहभागी हुनेछन्। वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला पनि आयोजना गरिने एमालेले जनाएको छ।

यसैगरी, मधेश प्रदेशसभामा रिक्त समानुपातिक सांसद पदमा नाजिमा खातुनलाई मनोनीत गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको छ। जिल्ला अध्यक्ष रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्लाकै निर्णयअनुसार अध्यक्ष चयन गरी अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाइनेछ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पंगेनी, सीता अधिकारी, डा। पुष्पा केसी भण्डारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङवा, टंक आङ्बोहाङ, नवीन रोक्का, मीनप्रसाद गुरुङ, डवल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।


प्रतिकृया दिनुहोस्