Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दिल्लीमा विरोध प्रदर्शनको तनाव, युट्युबर ध्रुव राठी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २४ गते


Advertisement

काठमाडौं । भारतका चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले हिरासतमा लिएको छ।

आज बिहान गुरुग्रामको सेक्टर–५६ बाट उनलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ।

राठीका निकट साथी र गुरुग्राम प्रहरीले समेत उनी हिरासतमा परेको पुष्टि गरेको समाचारमा उल्लेख छ। उनको पक्राउ यस्तो समयमा भएको छ, जतिबेला भारतमा विरोध प्रदर्शनको आह्वान गरिएको थियो।

शुक्रबार राति राठीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा दिल्लीमा ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको तथा रेल र बस सेवा रद्द भएको दाबी गरेका थिए।

उनले विरोध प्रदर्शनलाई रोक्न दिल्लीमा कडा प्रतिबन्ध लगाइएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कदममाथि प्रश्न उठाएका थिए।

राठीले विरोधमा मानिसहरू सहभागी नहुने भनिएको अवस्थामा पनि यति धेरै प्रतिबन्ध किन लगाइएको भन्दै सरकारको आलोचना गरेका थिए। यसैबीच, दिल्ली प्रहरीले प्रदर्शनमा सहभागी हुन भेला भएका अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरेको समाचारमा उल्लेख छ। बिबिसि


प्रतिकृया दिनुहोस्