२४ असोज, काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनमा सभापति चयन भएसँगै अब अन्य पदाधिकारीको मतपरिणाम सार्वजनिक हुने प्रतीक्षा छ।
सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् भने उपसभापति र महामन्त्रीसहितका पदमा मतगणना हुन बाँकी छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज दिउँसो १ बजे उपसभापति र महामन्त्रीका उम्मेदवारलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ।
छलफलपछि मतगणना अघि बढाउने तयारी छ।
शुक्रबार राष्ट्रिय सभागृहमा भएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए भने ५४ मत बदर भएका थिए।





























