काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा साँझ साढे ४ बजेसम्म ४ हजार ५७५ मत खसेको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बागमतीमा १ हजार ६३, मधेसमा ७९०, लुम्बिनीमा ७०० र गण्डकीमा ६५१ मत खसेको छ। यस्तै, कर्णाली र जनसम्पर्क समितितर्फ ४९१, सुदूरपश्चिममा ४५० तथा कोशीमा ४३० मत परेको छ।
निर्धारित समय साँझ ५ बजेसम्म मतदान नसकिएपछि समय थपेर साँझ ७ बजेसम्म पुर्याइएको छ। नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान भइरहेको छ।































