दाङ। दाङमा जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
गढवा गाउँपालिका–१, वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर केसीले जानकारी दिए ।
स्थानीय ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए । उनीहरूलाई उपचारका निम्ति भालुवाङ अस्पताल लगिएको थियो ।
त्यहाँबाट थप उपचारका निम्ति लक्ष्मीलाई लमही अस्पताल ल्याइएको थियो । उपचारका क्रममा शुक्रबार ( असाेज) २३ गते राति चिकित्सकले उनलाई मृत घोषणा गरेका डीएसपी केसीले जानकारी दिए ।
आमा सुमित्रा भने उपचारपछि ‘डिस्चार्ज’ भएको प्रहरीले जनाएको छ ।































