Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशनमा मतदानको समय थपियो, साँझ ५ बजेसम्म भोट हाल्न पाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा मतदानको समय थप गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार जारी गरेको सूचनाअनुसार बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको थियो।

तर, समय थप गर्दै साँझ ५ बजेसम्म मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।

समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको सूचनामार्फत महाधिवेशनका सम्पूर्ण प्रतिनिधि, मतदाता तथा सरोकारवालालाई समय थप गरिएको जानकारी गराइएको हो।


प्रतिकृया दिनुहोस्