२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार आज दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।
बिहान ७ बजे सुरु हुने भनिएको मतदान करिब एक घण्टा ढिला गरी सुरु भएको थियो ।
कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन् ।































