काठमाडौं । ठुलो परिणाममा सुनसहित काठमाडौंबाट केही व्यक्ति पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले साँझ बूढानीलकण्ठमा कारबाही गर्दै २१ किलो सुन बरामद गरेको हो।
पक्राउ परेकाहरूको पहिचान र अन्य विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने प्रहरीको तयारी छ।































