Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री बालेनको मुभमेन्टबारे सूचना दिएको आरोप, एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

२३ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन शाह (बालेन)काे गतिविधिबारे बाहिर सूचना दिएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल बर्खास्तमा पर्ने भएका छन् ।

दाहालमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

एआईजी अन्जनीकुमार पोखरेलको नेतृत्वमा रहेको समितिले बिहीबार गृह मन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाएको छ ।

गत असोज १९ गते निलम्बनमा परेका दाहालको सम्पर्क झापाका इनम सापकोटासँग देखिएको गृह मन्त्रालय स्रोतको भनाइ छ । सापकोटा अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा छन् ।

स्रोतकाएआईजी अनुसार दाहालले ह्वाट्सएपमार्फत सापकोटालाई प्रधानमन्त्री बालेन शाहको मुभमेन्टसम्बन्धी विवरण उपलब्ध गराएको आरोप छ ।

यही विषयलाई आधार बनाएर छानबिन समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको हो । प्रतिवेदन प्राप्त भएपछि गृह मन्त्रालयले दाहालमाथि थप निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ । यद्यपि, बर्खास्त गर्ने सिफारिस र अन्तिम निर्णय फरक विषय हुन् ।

 


प्रतिकृया दिनुहोस्